काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झर्‍यो

 कात्तिक २६, २०७६ मंगलबार ७:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाको तापक्रम मंगलबार बिहान यो वर्षकै कम मापन गरिएको छ । मंगलबार बिहान काठमाण्डौको न्यूनतम तापक्रम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाण्डौको न्यूनतम तापक्रम सोमबार ११ डिग्री सेल्सियस थियो । यसअघि गएको ७ गते काठमाण्डौको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेपनि त्यसपछि बढेर १२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो ।

अब बिस्तारै तापक्रम अझै घट्दै जाने मौसमविद्ले बताएका छन् । बुधबारदेखि देशभरको मौसम अझ धेरै बदली हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । 

पश्चिमी वायु सक्रिय हुने लागेकाले बुधबारदेखि देशभर मौसम बदली भएर बिहीबार केही ठाउँमा पानी पनि पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो । मंगलबार पूर्वको पहाडी क्षेत्र बाहेकका सबैजसो ठाउँको मौसम सफा हुनेछ । 

पश्चिमी वायुको प्रभावले पूर्वी पहाडी क्षेत्रको मौसम मंगलबार आशिंकदेखि सामान्य बदली हुने मौसमविद् बासीले जानकारी दिनुभयो । तर, अरु ठाउँको मौसम भने सामान्यतया सफा हुने उहाँको अनुमान छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया