अनुमतिबिनै आमादब्लमको चुचुरोमा कुवेती विशाल झण्डा !

 कात्तिक ३०, २०७६ शनिबार ७:३६:६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – आमादब्लमको चुचुरोमा अनुमतिबिना नै अहिलेसम्मकै विशाल झण्डा फहराइएको छ । बुधबार कुवेतको आरोही टोलीले झण्डै १ सय ५० केजीको झण्डा चुचुरोमा फहराएको हो । 

१ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको त्यहस झण्डालाई ६ टुक्रामा विभाजन गरेर त्यहाँ पुर्‍याइएको श्रोतले जनाएको छ । कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाको टोलीले झण्डा फहराउन कुवेती दललाई सघाएको पाइएको छ ।  पुर्जाले मंगलबार इन्स्टाग्राममा अमादब्लमको फोटो पोस्ट गर्दै ‘उच्च जोखिम मोलेर असम्भव कार्यलाई सम्भव पार्न लागिएको’ बताउँनुभएको थियो । अहिले इन्स्टाग्राममा कुवेती आरोहीको प्रशंसा भइरहेको छ ।

क्यानेडियन आरोही इलिया साइकालीले इन्स्टाग्राममा कुवेतीहरूको मेहनत धैर्यसाथ हेरेको उल्लेख गर्नुभएको छ । केहीले कुवेती आराेहीकाे दलकाे राष्ट्रप्रेम भन्दै प्रशंसा गरे पनि अधिकांशले भने सुन्दर हिमाललाई कुरुप बनाएकाे भन्दै कडा आलाेचना गरेका छन् ।

६ हजार ८ सय २८ मिटर उचाइको आमादब्लम हिमालमा झण्डा फहराइएको दुई दिन नबित्दै आलोचना हुन थालेको छ । हिमाल आरोहणका विषयमा कलम चलाउँदै आएका अमेरिकी आरोही तथा ब्लगर एलेन एर्नेतेले त्यस कार्यको आलोचना गर्नु भएको छ । चाहे सगरमाथा होस् वा कोलोराडोको चट्टान, प्राकृतिक सम्पदालाई विरुप पार्ने बाहेक त्यस्ता कार्यको कुनै अर्थ नहुने भन्दै उहाँले कडा आलोचना गर्नुभएको छ ।

‘के-फ्ल्याग’ नामक मिसनअन्तर्गत अमादब्लम पुगेको कुवेती टोलीले पर्यटन विभागसँग झण्डा फहराउन अनुमति भने लिएको छैन । बुधबार दिउँसोतिर यसबारे जानकारी पाएको भन्दै पर्यटन विभाग, पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले अन्य कुनै निकायसँग अनुमति लिएको भए प्रमाण पेश गर्न भनिसकेको बताउनुभयो ।

उहाँले बुधबार नै त्यो झण्डा हटाइसकिएको बताउँदै कुवेती टोली खुम्बुबाट काठमाण्डौ फर्कँदै गरेकाले उनीहरूलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया