चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
ख्यातिप्राप्त विमान कम्पनी, इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।
कम्पनीले सोमबार दिएको जानकारी अनुसार यो विमानहरूले सन् २०२३ को मेदेखि सेवा दिनेगरी सम्झौता भएको हो ।
‘संयुक्त अरब इमिरेट्सको ध्वजाबाहक विमान कम्पनीले एअरबस ३५० का ५० विमान किन्ने सम्झौता भएको घोषणा गर्न पाउँदा खुशी लागेको छ,’ इमिरेट्स कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शेख अहमद् विन साइद अल–माक्तौमले सञ्चारकर्मीसँग भने ।
इमिरेट्सले विश्वका विभिन्न ८४ देशका १५८ गन्तव्यमा उडान भर्दै आएको छ । अहिले कम्पनीसँग २६७ ठूला तथा १०० भन्दा बढी एअरबस रहेका छन् ।
‘सम्झौता हुनु एअरबसका लागि खुशीको कुरा हो,’ बहुराष्ट्रिय विमान निर्माण कम्पनी एअरबसका प्रमुख कार्यकारी अधिकृत गुलियाम फाउरले बताए ।
उनले भने, ‘इमिरेट्सले एअरबसलाई रोजेकोमा हामी गौरवान्वित भएका छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।