केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
नवनियुक्त छ जना मन्त्री र तीन जना राज्यमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतलनिवासमा सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट पदाधिकारी उपस्थित हुनुहुन्थ्याे । सपथ लिएपछि सबै नवनियुक्त मन्त्रीहरुले आफ्नाे कार्यकालमा विभिन्न काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट
उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने
मन्त्रालयको कार्यशैलीमा सुधार गरी उद्योग व्यवसायका लागि लगानी अभिवृद्धि गर्न नीतिगत सुधार गर्ने
बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउने
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड
आफू उद्योगी भएका कारण उद्योगी व्यवसायीको समस्या बुझेकोले काम गरेर देखाउने
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य मन्त्रालय भन्दा नमुना मन्त्रालयको रुपमा विकास गर्ने
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठी
कर्मचारी समायोजनमा देखिएका मनोवैज्ञानिक समस्या तत्काल समाधान गर्ने
स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने
स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने
महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा समेत जोड दिने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ
भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने
काठमाण्डौको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने
पूर्वाधार निर्माणका आयोजनाहरुलाई तीव्रता दिने कामलाई प्राथमिकता दिने
विगतमा मन्त्रालयमा भएका कामहरुको समीक्षा गर्दै अघि बढ्ने
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने
परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रहेर काम गर्ने
कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ
बाल विवाह अन्त्य हुनेगरी २ महिना भित्र राष्ट्रिय कार्ययोजना बनाउने
महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने
महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने
महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई प्राथमिकता दिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल
संविधानमा व्यवस्था भएअनुसारको स्वास्थ्य सेवा पुर्याउन र समग्र स्वास्थ्य सुधार गर्न ध्यान दिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन केन्द्रित हुने
सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गर्ने
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।