केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चियासहित भौतिक संरचनामा क्षति पुगेको छ ।
उद्योगी शरद सुब्बाले १० वर्षयता उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । सुब्बा नेपालकै सबैभन्दा उत्कृष्ट चिया बनाउने ‘टी मेकर’ का रूपमा चिनिनुहुन्छ ।
केही महिनाअघि काठमाण्डौमा आयोजना भएको ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा नेपालका चिया उत्पादकबीच प्रतिस्पर्धा हुँदा उहाँ ‘सर्वोत्कृष्ट टी मेकर’ घोषित हुनुभएको थियो । उद्योगबाट ३५ भन्दा धेरै प्रकारका चिया तयार गरेर तेस्रो देशमा निर्यात हुँदै आएको थियो ।
प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट झन्डै ७ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।