जिका भाइरस नेपालमा पनि फैलन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरहरुकाे सुझाव

 मंसिर ७, २०७६ शनिबार १३:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपालमा पनि जिका भाइरस फैलन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । 

डेंगी सार्ने लामखुट्टे र जिका भाइरस सार्ने लामखुट्टे एउटै हुन्छ । नेपालमा यो वर्ष डेंगीको संक्रमण धेरै भएको र अझै डेंगी सार्ने लामखुट्टे सक्रिय रहेकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ । 

अहिले भारतको राजस्थानमा १ सय ५९ जनामा जिका भाइरसको संक्रमण देखिएको ब्रिटिस मेडिकल जर्नल ‘ग्लोबल हेल्थ’मा प्रकाशित भएपछि नेपालमा पनि खुला सिमानाका कारण त्यसको संक्रमण हुन सक्ने उहाँको भनाइ छ । यस्तै भारतका अन्य ठाउँमा पनि जिका भाइरसको संक्रमण देखा परेको छ । 

भारतमा जिका भाइरस आइसकेकाले नेपाल यो रोगको उच्च जोखिममा भएको र जिका परीक्षण गर्नमा ढिलाइ गर्न नहुने डाक्टर पुनको भनाइ छ । जिकाका लक्षण पनि डेंगीसँग मिल्दोजुल्दो हुने उहाँको भनाइ छ । एडिस जातको लामखुट्टेले टोकेको ३ देखि १४ दिनमा जिकाका लक्षणहरू देखिने गर्छन् । लक्षणहरू डेगीसँग मिल्दोजुल्दो हुने भए पनि कडा नहुने भएकाले धेरैले यसप्रति ध्यान नदिने गरेको उहाँले बताउनुभयो । 

विषेशगरी गर्भवती अवस्थामा जिका संक्रमण भएमा जन्मने बच्चाको टाउको सानो हुने तथा स्नायु प्रणालीमा तत्काल वा दीर्घकालीन प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएको उहाँको भनाइ छ । जिका भाइरसको संक्रमण हुँदा सामान्य ज्वरो आउने, जीउ र जोर्नी दुख्ने,  टाउको दुख्ने, आँखा रातो हुने लगायतका लक्षण देखिने डाक्टर पुनले बताउनुभयो । 

नेपालले पनि केही वर्ष अगाडि ब्राजिलमा जिकाको महामारी फैलिएको बेला परीक्षण सुरु गरेको थियो तर त्यसले निरन्तरता भने पाउन सकेन । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया