केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
संखुवासभा - शनिबारदेखि संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश स्तरीय लाखे नाच प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रतिनिधि सभाका सांसद राजेन्द्र गौतमले पानसमा बत्ती कालेर उद्घाटन गर्नुभयो ।
यसअघि कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवर्द्धन भन्ने मूल नाराका साथ र्याली पनि निकालिएकाे थियाे । चैनपुरको जिरोप्वाइन्टबाट निकालिएकाे र्याली बजारको विभिन्न भागको परिक्रमा गर्दै बालमन्दिरसम्म पुगेर कार्यक्रमस्थल टुँडिखेल फर्किएको थियो ।
लाखेनाच प्रतियोगिता कार्यक्रममा १ नम्बर प्रदेश भित्रका ७ जिल्लाका १३ टिमको सहभागिता रहेको चैनपुर समाजसेवा युवा क्लबका अध्यक्ष एवं कार्यक्रम मूल समारोह समितिका संयोजक रन्जन श्रेष्ठले बताउनुभयो ।
संखुवासभा जिल्ला भित्रका वाना, सिभुवा, खाँदवारी, तुम्लिङटार, खराँङ्ग र चैनपुर गरी ६ टिम तथा अन्य जिल्लाहरु मोरङ, उदयपुर, भोजपुर, सुनसरी, तेह्रथुम र धनकुटा जिल्लाको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरी नेवार समुदायमा नाचिने लाखेनाच प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया नगद,प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्नेछन् ।
प्रतियोगिता चैनपुर समाज सेवा युवा क्लब र नेवाः देय दवु चैनपुर नगरसमितिले संयुक्त रुपमा आयोजना गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।