पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

 मंसिर ८, २०७६ आइतबार ७:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा सोमबार पनि देशभर मौसम बदली हुने र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ । 

आउँदो २४ घण्टामा देशका पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

मंसिर ८ गते आइतबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

मंसिर ९ गते सोमबार

दिउँसो : देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

मंसिर १० गते मंगलबार

दिउँसो : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहने छ ।

राति : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया