केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका –७ मा ‘ट्री हाउस’ निर्माण गरिएको छ । केही महिना अघि निर्माण सम्पन्न भएको यो ‘ट्री हाउस’ आन्तरिक पर्यटकहरुका लागि मुख्य आकर्षण बन्दै गइरहेको छ । शनिबार ‘ट्री हाउस’ को उद्घाटन गर्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले पर्यटन समृद्ध नेपाल निर्माणका लागि पर्यटनको विकास हुनुपर्ने बताउनुभयो ।
रेसुंगा नगरपालिका –७ उनायचौरमा ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ । यो रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्दछ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृष्यावलोकन गर्न सकिने रेसुङा नगरपालिका–७ का वडा अध्यक्ष मोहन पाण्डेले बताउनुभयो ।
‘ट्री हाउस’ मा चढ्नका लागि स्थानीय मन्दिर व्यवस्थापन समितिले विद्यार्थीहरुका लागि १० रुपैयाँ, अन्यलाई २० रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई भने ‘‘ट्री हाउस’’ चढ्नका लागि निःशुल्क व्यवस्था गरिएको छ ।
उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश ५ को वन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय गुल्मी र स्थानीय उपभोक्ताको जन श्रमदानमार्फत १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लागतमा रुखको टुप्पोमा यो घर निर्माण गरेको उनायचौर खड्क भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनाराम पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिले चौर र मन्दिर मात्रै भएकाले मानिसहरु फाट्टफुट्ट मात्रमा आउने गर्थेे, अहिले दैनिक दुई सय भन्दा बढी मानिसहरु आउने जाने गर्छन ।’
अहिले ‘ट्री हाउस’मा चढ्नका लागि अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, स्याङ्जा, रुपन्देहीलगायतका ठाउँबाट सयौंको संख्यामा मानिसहरु आउने गर्दछन् । गएको तीन महिनादेखि सञ्चालनमा आएको ‘ट्री हाउस’बाट अहिलेसम्म करिब २० हजारभन्दा बढीले अवलोकन समितिका सचिव युवराज मराससिनीले बताउनु भयो ।
‘ट्री हाउस’ निर्माणसँगै यतिबेला उनायचौर आन्तरिक पर्यटकको लागि मुख्य आकर्षण र गन्तव्य स्थान बनेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख बोधराज सुवेदीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।