वृद्धभत्ता पाँच हजार पुर्‍याउँछौँ : मुख्यमन्त्री गुरुङ

 मंसिर ८, २०७६ आइतबार ११:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको तीन वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्याउने दाबी गर्नुभएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका–२, देउरालीमा आयोजित कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले वृद्धभत्ता बढाउने बताउनु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य, नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका गुरुङले समाजमा हेपिएर बसेकाहरुको सम्मान, संरक्षण र संवर्द्धन गर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त रहेको बताउनुभएको छ ।

‘समाजमा हेपिएर बसेकाहरुको सम्मान, संरक्षण, संवर्द्धन गर्ने  र सामाजिक न्यायको काम गर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त हो,’ उहाँले भन्नुभयो ।

‘भत्ताको व्यवस्था हामीले नै गरेको हौँ । सुरुमा एक सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता पाँच सय, एक हजार, दुई हजार हुँदै अहिले तीन हजार रुपैयाँ पुगेको छ । यो पनि अरु कसैले होइन, हामीले नै गरेको हो । त्यसैले कम्युनिष्टले वृद्धभत्ता ५ हजार पुर्याएन भनेर गफ लाउनुको कुनै तुक छैन,’ उहाँले भन्नुभयो, ‘अबको तीन वर्षभित्रमा भत्ता २ हजार रुपैयाँ थपेर ५ हजार रुपैयाँ पुर्‍याउन हामीलाई कसले छेक्न सक्छ ? हामी त्यो पुर्‍याएर छाड्छौँ ।’

समाजमा रहेको ज्येष्ठ नागरिकको सम्मान गर्ने कम्युनिष्टको सिद्धान्त रहेको दोहोर्‍याउँदै उहाँले भन्नुभयो, ‘त्यसैले विश्वेश्वर, गिरिजा, कृष्णप्रसाद भट्टराई, शेरबहादुरले नदेख्नुभएको कुरा मनमोहन अधिकारीले देख्नुभएको हो ।’

भेलामा नेकपाका केन्द्रीय, जिल्लाका सातै स्थानीय स्तरका नेता तथा कार्यकर्ताको उलेख्य उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया