केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधिका लागि नेपालको इन्स्टिच्युट् अफ् क्राइसिस म्यानेजमेन्ट स्टडिज् (आईसीएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट् अफ् क्राइसिस म्यानेजमेण्ट स्टडिजबीच यस्तो सम्झौता भएको हो । आईसीएमएसले काठमाण्डौमा पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी गराएको हो ।
समझदारीअनुसार इन्स्टिच्युट् अफ् क्राइसिस म्यानेजमेण्ट स्टडिजमा संकट व्यवस्थापन संकायअन्र्तगत अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् । पत्रकार सम्मेलनमा कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै संकट व्यवस्थापनका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने बताउनुभयो ।
डाक्टर तुलाधरले कलेजले विद्यावारिधि पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधि गर्न चाहनेका लागि सम्झौताले बाटो खुला गरेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आईसीएमएसले संकट व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।