भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेट...
मंसिर ९, २०८१ आइतबार
सुनसरी – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार र प्रवक्ता विश्वप्रकाश शर्मा एक साताभित्रमा धरान आउनुभयो । यति मात्रै नभइ कांग्रेस नेताहरु शेखर कोइराला, महेश आचार्य, शशांक कोइरालाको पनि धरान आउने जाने क्रम चलिरहेको छ ।
नेकपाका नेता भीम आचार्य अहिले धरानमा केन्द्रित हुनुहुन्छ । यही मंसिर ११ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि यता आउने कार्यक्रम तय भएको छ ।
उपचुनावको मिति नजिकिँदै गर्दा नेताहरुको धरान मोह उति नै बढ्दै गइरहेको देखिन्छ । मंसिर १४ गते उपमहानगरको नेतृत्वका लागि देश भरमा धरानमा मात्रै चुनाव हुँदैछ । राजनीतिक दलहरुमा धरानमा कसले बाजी मार्ने भन्ने होडबाजी छ ।
दलहरुका बीचमा मतदातालाई कसरी आफ्नो प्रभावमा पार्ने र मत आफ्नाे पक्षमा खसाउने भन्ने रस्साकस्सी धरानमा सुरु भइसकेको छ ।
मतदाता रिझाउन दलहरु यतिबेला सर्वसाधारणको घरदैलोमा मात्र नभएर धान काट्न र कोदो टिप्न व्यस्त मतदाताको खेतबारीसम्मै पुगिरहेका छन् । मतदाताकोमा पुग्दा दलहरुले उम्मेद्वारसँगै विकास र समृद्धिको पुलिन्दासमेत लिएर गएका छन् ।
२३ जनाको प्रतिस्पर्धा
धरान उपमहानगरपालिकाको मेयर बन्ने अपेक्षासहित २३ जना चुनावी मैदानमा छन् । चुनावी मैदानमा नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा भए पनि साना दल र स्वतन्त्र उम्मेद्वारको समेत चुनावी अभियानको रौनक कम भने छैन ।
अरुण पूर्वलाई लिम्बूवान प्रदेश बनाउनु पर्ने मागसहित आन्दोलनमा होमिएको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी पनि यतिखेर घरदैलो अभियानमा व्यस्त छ ।
पार्टीका मेयर पदका प्रत्याशी अमर इजम उपचुनावलाई लिएर आफू धेरै उत्साहित भएको बताउनुहुन्छ । धरानका नागरिकले इमान्दार र भ्रष्टचारविरोधी नेतृत्व चाहेकाले आप्mनो पक्षमा मत खस्ने उहाँको दावी छ ।
विकासको सपना
धरानमा चलिरहेको चुनावी अभियानमा दलहरुले धरानको विकास र समृद्धि मुख्य एजेण्डा बनाएका छन् । यो बाहेक धरानको खानेपानी समस्या समाधान, पाँचकन्या र विष्णुपादुका जोड्ने सडकको स्तरोन्नतिलाई आप्mनो प्रमुख एजेण्डा बनाएका छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले धरान उपमहानगरमा भइरहेको कर समस्या समाधान गर्न, भ्रष्टचारमुक्त नगर बनाउनका लागि आप्mनो उम्मेद्वारी रहेको बताउनुभयो । उहाँले आप्mनो घोषणापत्रमा धरानको खानेपानीको समस्या समाधान गर्न र भौतिक पूर्वधार विकासमा आप्mनो ध्यान जाने उल्लेख गर्नुभएको छ ।
यस्तै नेकपाले धरानलाई पर्यटकीय नगरीको रुपमा विकास गरी पर्यटनबाट धरानको आर्थिक समृद्धि ल्याउने बताएको छ ।
चुनाव परिचालन कमिटीका सह–संयोजक मुरारी सुवेदीले धरानलाई शिक्षा र स्वास्थ्यको हबका रुपमा समेत विकास गर्न प्रकाश राईलाई धराने जनताले जिताउनु पर्ने बताउनुभयो ।
नेकपाका उम्मेद्वार प्रकाश राईले यसअघि नेकपा नेतृत्वले सुरु गरेका राम्रा काम पूरा गराउन पनि आफूलाई जिताउनु पर्ने बताउनुभयो । त्यस्तै समाजवादी पार्टीका उम्मेद्वार गजेन्द्र इश्वोले भने भ्रष्टाचारमुक्त नगर बनाउन आफू चुनावी मैदानमा होमिएको बताउनु भएको छ ।
त्यस्तै साझा पार्टीका उम्मेदवार राजनकुमार श्रेष्ठ पनि भ्रष्टाचारमुक्त धरान बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा हुनुहुन्छ । धरानमा रहेको बाँदर आतंक हटाउनेदेखि खानेपानी समस्याको दीर्घकालीन समाधानसम्मका प्रतिबद्धतासहित उहाँ प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ ।
यस्तो छ अंक गणित
२०७४ सालको स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेका तारा सुब्बा धरानको मेयर पदमा विजयी हुनु भएको थियो । उहाँको निधन भएपछि माओवादीसँगको एकतापछि बनेको नेकपाले प्रकाश राईलाई चुनावी मैदानमा उतारेको छ ।
२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले २० हजार ९ सय ७५ मत ल्याएको थियो भने एमालेसँग एकीकरण भएको तत्कालीन नेकपा माओवादीले ११ हजार १ सय ८० मत ल्याएको थियो । दुवै पार्टी एक भएकाले नेकपा यस पटक पनि धरानको मेयर पद जित्नेमा ढुक्क देखिन्छ ।
७४ सालको चुनावमा धरानमा ७९ हजार २ सय ८२ मतदाता थिए । त्यतिबेला पनि कांग्रेसका तर्फबाट तिलक राई नै उम्मेदवार हुनुहन्थ्यो । दुई वर्षपछि पनि धरानको मेयरको रुपमा तिलकलाई नै कांग्रेसले विश्वास गरेको छ ।
अघिल्लो चुनावमा १६ हजार एक सय २ मत ल्याउनु भएका राई थपिएका १३ हजार ५ सय ७१ मतदाताले आफूलाई भोट हाल्नेमा ढुक्क हुनुहुन्छ ।
जातीय मतको बोलबाला
२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले तारा सुब्बालाई उम्मेद्वार बनाउनुको एउटा कारण जातीय प्रभाव हो भन्ने धेरै छन् ।
धरानमा राई र सुब्बाका बीचमा हुने प्रतिस्पर्धाले पनि दलहरुलाई उम्मेद्वार कुन जातिको बनाउने भन्ने समस्या देखिन्छ । यस पटक मुख्य दलका उम्मेद्वार राई नै भएकाले यस पटकको चुनावमा जातीय प्रभाव खास नपर्ने अड्कलहरु पनि काट्ने धेरै छन् ।
तर धरानको मत पार्टीको आस्थामा मात्रै भर पर्दैन । जातीय प्रभाव पनि धराने राजनीतिमा बढी नै देखिन्छ । यसले पनि धरानको मत कसको पक्षमा खस्छ भन्न गाह्रो छ । अघिल्लो चुनावमा माओवादीसँग सहकार्य गरेको संघीय समाजवादी फोरमको मत पनि राम्रो थियो । नयाँ शक्तिसँग एकता गरेर बनेको समाजवादी पार्टी पनि धरानको चुनावी मैदानमा छ ।
यस पटक पूर्व गोर्खा लाहुरे गजेन्द्र इस्वो समाजवादीको तर्फबाट चुनावी मैदानमा छन् । लाहुरेहरुको शहरको रुपमा परिचित धरानमा पूर्व गोर्खाहरुको हक हितमा लामो समय क्रियाशील गजेन्द्र इस्वोको समेत प्रभाव राम्रै छ ।
जातीयताको आधारमा मत खसे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेद्वारले बाजी मारे पनि आश्चर्य नहुन सक्छ ।
गुटगत राजनीतिको त्रास
माओवादी र एमालेबीचको एकीकरणले धरानमा नेकपा बलियो देखिए पनि नेकपालाई आप्mनैको डर छ । गुटगत राजनीतिका कारण धोका होला कि भन्ने आशंकामा नेकपा रहेको देखिन्छ ।
पार्टी एक भए पनि भावनात्मक रुपमा एकता हुन नसकेको नेकपाकै कतिपय नेताहरु बताँउछन् । तर पछिल्लो समय पार्टी एक ढिक्का भएर अगाडि बढेको नेकपाका नेता मुक्साहाङ मेयाङ्बो दावी गर्नुहुन्छ ।
त्यसो त नेपाली कांग्रेसमा पनि धोकाधडीको त्रास छ । तर उम्मेदवार सर्वसम्मत रुपमै छानिएकाले पार्टी एक भएर चुनावी प्रचारमा लागेको कांग्रेसको दाबी छ । चुनावका बेला उम्मेदवार को बन्ने भन्ने विवाद कायम भइरहँदा सुरेन्द्र तामाङ र किशोर राई पछाडि हट्दै तिलक राईलाई सर्वसम्मत उम्मेदवार कांग्रेसले बनाएको छ ।
यसअघिका हरेकचुनावमा कम्युनिष्टको गढको रुपमा देखिएको धरानमा नेकपालाई आफ्नैबाट डर देखिन्छ । यो बाहेक स्थानीय तहमा दुई वर्षमा नेकपाले देखाएको कार्यदक्षता र सेवा प्रवाहले पनि उसको मतको हिसाबकिताब हुने छ । कांग्रेसमा पनि गुटगत राजनीतिको छाँया देखिएकाले अहिले नै धरानको मेयर को बन्छ भन्नु हतारो हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।