केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काभ्रेपलाञ्चोक – धुलिखेल नगरपालिका –९ का महेश रानाभाटको घरमा जुवा खेलिरहेका २३ जनालाई नगदसहित जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराज सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलिले जुवा खेलिरहेका २३ जनालाई ९ लाख ५७ हजार ८७० रुपैयाँ सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी रानाभाटसहित धुलिखेल–३ का भिमसेन लामा, कृष्णकुमार तामाङ, नुवाकोटको शिवपुरी–७ का सन्तोष पाण्डे, प्रविण पाण्डे, नमोबुद्ध–२ का नेमा लामा, नमोबुद्ध–३ का अर्जुन तिवारी, काठमाण्डौ–३५ घर भई नमोबुद्ध–४ बस्ने रमेश तिवारी, रोशी–७ को पुष्कर दर्जी, दोलखाको मेलुङ–३ का दिपक थोकर र विगु–४ का राजन शर्मा, लिखु–१ का नवराज सिं, गोरखाको सिरानचोक–५ का अमृत बानियाँ, झापाको कमल–५ का जितेन्द्र तामाङ, बनेपा –११ का सुमन अधिकारी, बेथानचोक –२ को जयराम तिमल्सिना, चौरीदेउराली–५ को रामप्रसाद चौलागाई, पाँचखाल–४ का अच्युत चौलागाई, महाभारत –३ घर भई बनेपा –१० बस्ने सुजन लामा, बनेपा –६ को सुजन केसी, सिन्धुपाल्चोकको बाह्रबिसे –२ घर भई बौद्ध बस्ने नविन गुरुङ, मकवानपुरको थाहा नगरपालिका–६ घर भई सतुंगल बस्ने भुवन बलामी र थाहा नगरपालिका –७ शिखरकोटका बसुन्धरा केसी पक्राउ परेको जिल्ला प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिनुभयो ।
प्रहरीले राति घर घेराउ गरी नियन्त्रणमा लिन खोजेपछि भाग्न खोजेको यो समूहलाई प्रहरीले हतियार देखाएर नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी काभ्रेले एकै पटक यति धेरै संख्यामा जुवाडे पक्राउ गरेको जिल्लामै पहिलो पटक हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।