केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ - कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
२०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाैतमसहित ८ जनाविरुद्ध जनही ३३ कराेड ९३ लाख रुपैयाँ बिगाे माग गरी मुद्दा दायर गरिएकाे आयाेगका प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी दिनुभयाे ।
शाखा अधिकृत केदारप्रसाद गौतमले झुटो विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट भुक्तानी लिने गरेको अख्तियारले जनाएको छ । साथै उनी नक्कली नाम तेजबहादुर थापाबाट नागरिकता र राहदानी बनाएर विदेश जाने योजनास्वरुप भारत गएर बसेको पनि अख्तियारले जानकारी दिएको छ ।
यस्तै, बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले पनि आर्थिक कारोबार, कर्मचारीको रेखदेख र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी पूरा गर्न नसकेको भन्दै अख्तियारले मुद्धा हालेको हो ।
साथै रकम हिनामिना गर्न गौतमलाई सघाएको आरोपमा सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दिप गुप्ता र कृष्णहरि थापा विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।