एनसेलले ल्यायो ‘रिचार्जमा चमत्कार’ योजना

 मंसिर १०, २०७६ मंगलबार ७:७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ नयाँ योजना ल्याएको छ । यो योजनाबारे जानकारीसहित एनसेलले एक टीभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् पाँच भाग्यशाली कोडको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरवाहक एनसेल ग्राहकले जनही २ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

आफ्नो कस्टमर लोयल्टी योजना अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि सञ्चालनमा ल्याएको हो । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँनेछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेतालाई एनसेलले यही शुक्रबार (मंसिर १३) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न सक्नेछन् ।

ग्राहकले १०० रुपैयाँ वा त्योभन्दा को ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विषेशकोड एसएमएसमार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । 

यसरी प्राप्तहुने प्रत्येक कोड ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नु पर्ने हुन्छ । 

यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ साढे ६ बजे एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली विजेता ग्राहकहरुको घोषणा हुन्छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • GYAN BAHADUR

    Nov. 26, 2019, 2:26 p.m.

    सकिन्छ भने संचारमा सबै गरिबको हातमा पनि पहुँच पुर्याउनु , नत्र सक्नेको लागि मात्र टार्गेट गरि बिभिन्न प्राइज राखी नेपाल र नेपालीको पैसा डलरमा विदेश नपठाउँ , किनकि संचार क्षेत्र पनि एउटा मानवअधिकार भित्र पर्छ !!

  •  0 Reply

तपाईको प्रतिक्रिया