केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्त गरेको अस्पतालको नयाँ मेडिकल निर्देशक र उपनिर्देशकले राजीनामा दिएपछि सोमबारबाटै भक्तपुर क्यान्सर अस्पतालका सेवा सञ्चालन भएको छ ।
अस्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रुपेश शिलाकार र मेडिकल निर्देशकमा डा. दिपेश धिताल, मेडिकल उप निर्देशकमा डा. अजयकुमार झा र डा. उत्सवमान श्रेष्ठलार्ई नियुक्त गरीएलगत्तै पदबहाली गर्न आएपछि आइतबार त्यसको विरोधमा भक्तपुर क्यान्सर अस्पताल तनावग्रस्त बनेको थियो ।
अस्पतालमा नाराबाजी र झडप हुँदा बिरामीले पाउने सेवामासमेत असर परेको थियो भने पदबहाली गर्न आएका पदाधिकारी एवं कर्मचारीलाई स्थानीयवासीलेसमेत आक्रमण गरेका थिए । सो क्रममा स्थानीयवासीले सवारी साधन तोडफोड गरेका थिए ।
त्यस्तै, कर्मचारीले भ्रष्टाचारको छानविन गरेर कारवाही नगरेसम्म पुरानो व्यवस्थापन समितिका पदाधिकारीलाई प्रवेश निषेध गरेका छन् । घटनापछि नवनियुक्त मेडिकल निर्देशकमा डा. धिताल, मेडिकल उपनिर्देशकमा डा. झा र डा. श्रेष्ठले सोमबार नै विज्ञप्ति प्रकाशित गरी आफूहरुले पाएको पद त्याग गरेको लिखित घोषणा गरी बिरामीको सेवामा समर्पित हुने, भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन एक भएका सबै कर्मचारीलाई साथ दिइ ऐक्यबद्धता जनाएको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिनुभयो ।
पद त्याग गरेपछि सोमबारबाटै अस्पतालको सबै सेवा सञ्चालन भएको र बिरामीलाई कुनै डर र सङ्कोच नराखी अस्पतालमा निर्धक्क भएर उपचारमा आउन आह्वान गरेको छ । साथै बिरामीको सुरक्षाका लागि अस्पतालमा सुरक्षाकर्मीसमेत तैनाथ भएको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।