प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया

 मंसिर १०, २०७६ मंगलबार १२:३८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ ।

पेट दुखेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्रीको एपेण्डिसाइटिसको अप्रेशन गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो ।

शल्यक्रियापश्चात् सघन उपचार कक्षमा निगरानीमा भैरहेकाेअस्पतालले विज्ञप्तिमार्फत जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया