प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था स्थिर, ३-४ दिन अस्पतालमै राखिने

 मंसिर १०, २०७६ मंगलबार १६:११:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ –  एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्याबिनमा सारिएको छ । 

पेट दुखेपछि बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई क्याबिनमा सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था स्थिर रहेकाले अझै तीन–चार दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने डाक्टर अरुण सायमिले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि मात्रै डिस्चार्ज गरिने छ ।

पेटमा इन्फेक्सन भएको र  जोखिम धेरै हुने भएकाले विशिष्ट व्यक्तिलाई पनि भेटघाट गर्न दिइएको छैन । सामान्य व्यक्तिको एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा एक दुई दिनमा नै डिस्चार्ज हुने भए पनि उहाँको अवस्था जटिल भएर अस्पतालमै तीन–चार दिन राख्नु परेको डाक्टर सायमिले बताउनुभयो ।

हेर्नुहाेस् अस्पतालकाे विज्ञप्ति

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया