वरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजूको निधन

 मंसिर १०, २०७६ मंगलबार १६:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष कसजूको उपचारका क्रममा मंगलबार निधन भएको हो ।

निमोनियाका कारण गएको कात्तिक १९ गते देखि उहाँको मेडिसिटी अस्पतालमा आईसीयूमा उपचार भइरहेको थियो । नेपाली भाषा साहित्यमा आधा दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय कसजू  नेपाली  पत्रकारिता क्षेत्रका पनि विशिष्ट व्यक्ति हुुनुहुन्छ ।

ग्रामीण पत्रकारितालाई अघि बढाउन उहाँको ठूलो योगदान छ । उहाँले गाउँले जनजीवनका लागि उपयोगी गाउँले देउराली भित्ते पत्रिकाको प्रकाशन सुरु गर्नु भएको थियो । अहिले पनि पाल्पामा गाउँले देउराली पत्रिका लाेकप्रिय रहेकाे छ ।

उहाँ पाल्पाबाट निस्कने लोकप्रिय साप्ताकिह पत्रिका ‘सत्य’ को पनि प्रकाशक र सम्पादकसमेत हुनुहुन्थ्यो । विक्रम संवत् २०४० सालदेखि  २०५१ सालसम्म उहाँले ‘सत्य’ को प्रकाशक तथा सम्पादक भएर काम गर्नुभयो ।

प्रजातन्त्रको पुनःस्थापनाका लागि त्यस पत्रिकाले महत्वपूर्ण भूमिका खेलेको थियो । निरंकुश पञ्चायती शासनविरुद्ध लेखेका कारण उहाँ सन् १९८५ र सन् १९८७ मा जेलसमेत पर्नु भएको थियो ।  

बालसाहित्यतर्फ उहाँका एक सय भन्दा धेरै कृति प्रकाशित भइसकेका छन् । विनय कसजुका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका चर्चित कृति सार्वजनिक छन् ।

यस्तै, उहाँ राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त पनि हुनुहुन्छ । २००४ साल असार २९ गते पाल्पाको तानसेनमा जन्मिएका उहाँले प्रेस काउन्सिलका आमन्त्रित सदस्य र राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्यका रुपमा पनि सेवा पुर्‍याउनु भएको छ । 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया