मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगर्ने

 मंसिर १०, २०७६ मंगलबार १६:५४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका छन् ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर सात वटा मेडिकल सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुझाउँदै अतिरिक्त शुल्क फिर्ता नलिने अडान राखेका हुन् ।

उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क नलिएको भन्दै शुल्क फिर्ता नहुने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सञ्चालक सुरेश कुमार कनोडियाले बताउनुभयो । तर अतिरिक्त शुल्कमा समायोजन गर्न भने सकिने उहाँको भनाइ छ ।

सरकारले बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई मंगलबारसम्मको अल्टिमेटम दिएको थियो । मंगलबारसम्ममा बढी लिएको शुल्क फिर्ता नभए ठगी मुद्दामा पक्राउ गरी कारबाही गर्ने चेतावनी दिएको थियो ।

यो अल्टिमेटमपछि मंगलबार काठमाण्डाै मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस चितवन, लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज जोरपाटी, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, विराट मेडिकल कलेज विराटनगर  र देवदह मेडिकल कलेजका सञ्चालकहरु शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका हुन् ।

मेडिकल कलेज सञ्चालकहरुकाे याे कदमपछि सरकारकाे अबकाे कदम के हुने भन्नेबारेमा अहिले गृहमन्त्रालयमा शिक्षा मन्त्रालयका पदाधिकारीसहित बैठक बसिरेहेकाे छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया