चीनले रसुवागढी-काठमाण्डौ रेल मार्गकाे 'डीपीआर' बनाउने

 मंसिर १०, २०७६ मंगलबार १८:४७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  चीनले रसुवागढी-काठमाण्डौ रेल मार्ग निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु गर्ने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेसनल रेल्वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाण्डौमा बसेको पाँचौ बैठकले रेल मार्ग निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो ।

रेल सेवाकाे विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभयो । यता, नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग पुर्‍याउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । चीनले अब रेल मार्ग निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्काल अघि बढाउने पनि सचिव कार्कीले बताउनुभयो 

यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा रेल मार्ग निर्माणको कामलाई अघि बढाउने औपचारिक समझदारी भएको थियो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया