विदेशी रक्सीको 'प्याकेजिङ' मा अवैध कारोबार गर्ने दुई जनाविरु...
फागुन १४, २०८१ बुधबार
संखुवासभा - भन्सार छलेर २५ किलो सुन भित्र्याएको अभियोगमा ७ जनाविरुद्ध जिल्ला अदालत संखुवासभामा मुद्दा दायर भएको छ ।
राजश्व अनुसन्धान विभागले उनीहरुविरुद्ध सुन तस्करीको १५ करोड १३ लाख र विदेशी विनिमय अपचलनको १५ करोड १३ लाख गरी ३० करोड २६ लाख रुपैयाँ विगो र ३ बर्ष कैद माग गरेर मुद्धा दायर गरेको हो ।
गएकाे असोज २७ गते प्रहरीले संखुवासभाको भोटखोलामा ५ किलो सुनसहित तोप्के भोटेलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धान गर्दा तोप्केसहित रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे, र सोनाम डोमा भोटेले थप २० किलो सुन भन्सार छलेर ल्याएकाे भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
उनीहरुले २५ किलो सुन खरिद गर्न प्रयोग गरेको १५ करोड १३ लाख रुपैयाँ र विदेश पठाएको १५ करोड १३ लाख रुपैयाँ गरी ३० करोड २६ लाख रुपैयाँ विगो कायम गरी विगोको तेब्बरसम्म जरिवाना र ३ वर्ष कैद माग गरिएको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।