विदेशी रक्सीको 'प्याकेजिङ' मा अवैध कारोबार गर्ने दुई जनाविरु...
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक देखिएको छ ।
मंगलबारदेखि राजधानीमा सुरु भएको नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा भारतीय पक्ष सन्धि पुनरावलोकनका लागि तयार भएको हो । तेस्रो मुलुकसँग नेपालको व्यापार पहुँच विस्तार तथा सहजीकरण गर्न दुवै देशका अधिकारीबीच बैठक बसेको हो
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि पुनरावलोकनका विषयमा दुई पक्षबीच छलफल भएको बताउनुभयो । ‘बल्क कार्गो’ ढुवानीका लागि दुई थप नाका दिन भारतीय पक्ष सकारात्मक भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै जल यातायातका लागि केही नाका थप गरिएको छ । काेलकाता-कालुघाट-रक्सौल, कलकता-साहिबगञ्ज-रक्सौल, काेलकाता-साहिबगञ्ज-विराटनगर र काेलकाता-वाराणसी-सुनौली नाका हुँदै जल यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक ढङ्गबाट छलफल भएको उहाँले जानकारी दिनुभयो ।
दुई दिनसम्म चल्ने बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव ढकाल र भारतीय पक्षको नेतृत्व त्यहाँका वाणिज्य विभागका अतिरिक्त सचिव भूपिन्द्रर सिंह भल्लाले गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।