फर्जी चेक प्रयाेग गरेर काठमाण्डाैका बैंकहरुबाट उन्नाइस लाख रुपैयाँ चाेरी: ६ जना पक्राउ

 मंसिर ११, २०७६ बुधबार १२:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महानगरीय प्रहरी परिसर काठमाण्डाैले विभ‍िन्न बैंकबाट झण्डै उन्नाइस लाख रुपैयाँ चाेरी गरेकाे आराेपमा ६ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ परेका सबै जना नेपाली नागरिक रहेकाे र उनीहरुले फर्जी चेक बनाएर त्यसमार्फत रकम निकालेकाे प्रहरीले जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकले दिएकाे सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाण्डाैले गरेको अनुसन्धानका क्रममा अठार वटा बैंकबाट झण्डै उन्नाइस लाख रुपैयाँभन्दा बढी चोरी भएको पुष्टि भएको हो ।

काठमाण्डाैमा रहेका कुन कुन बैंकका शाखाबाट कति कति रकम झिकियाे भन्नेबारे यकिन नभए पनि १९ लाख १९ हजार रुपैयाँ बरामद भइसकेकाे महानगरीय प्रहरी परिसर काठमाण्डाैले जनाएकाे छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया