केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।
युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड रुपैयाँ तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ सहयोग गर्न लागेको हो ।
अर्थ मन्त्रायलमा बुधबार आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र विश्व बैंकका नेपाल प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार विश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत यो वर्ष ७० लाख विद्यार्थी, एक लाख असी हजार शिक्षक र तीस हजार बढी सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुने सम्झौतामा उल्लेख छ ।
युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ । त्याे परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरूपमा कार्यान्वयन गर्नेछन् ।
कार्यक्रममार्फत नेपालको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिने छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ ।
त्यस अवसरमा सचिव खनालले नेपालको सामाजिक, आर्थिक र शैक्षिक विकासमा विश्व बैंकले निरन्तर गर्दै आएको सहयोगको सराहना गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।