नेपाल-भारत पारवहन सन्धिको प्रोटोकलमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने विषय समेटिने

 मंसिर ११, २०७६ बुधबार १९:०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल-भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग, बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रक्रिया, भन्सार सहजीकरण र नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने विषयलाई समावेश गरिने भएको छ । 

नेपाल-भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकनको लागि बुधबार सम्पन्न वाणिज्य सहसचिवस्तरीय दुईदिने बैठकमा त्याे सहमति भएको हो ।

त्यस्तै रेलमार्फत बल्क कार्गो ढुवानीका लागि वीरगञ्ज-रक्सौल नाकाका अतिरिक्त विराटनगर-जोगबनी र भैरहवा-सुनौली नाकासमेत खुल्ला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्याैदामा समावेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताउनुभयो ।

भारतका २ बन्दरगाहहरु धाम्रा र मुन्द्रा नेपालका लागि खुल्ला गर्न गरेको प्रस्तावमा भारतले आन्तरिक छलफल गरी जवाफ पठाउने सहमति भएको पनि ढकालले बताउनुभयो ।

त्यस्तै तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रक्रिया लागू गर्ने विषयमा पनि भारतले आन्तरिक छलफल गरी धारणा पठाउने सहमति भएको छ ।

त्यस्तै नेपाल–भारत पारवहन सन्धिको म्याद २०२० जनवरी ५ देखि लागू हुनेगरी स्वतः नवीकरण हुने र दुवै देशले आन्तरिक प्रक्रिया पूरा गरी प्रोटोकलमा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति पनि भएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया