केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ - एनसेल प्रालिले इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवल गरी देशका विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने भएकाे छ ।
एनसेलले यो मेला आफ्नो ब्राण्डको ‘आज, भोलि, सधै सँगै’ को सार अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयाेजना गर्न लागेकाे हाे ।
चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुति, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण रहने यो एक दिने एनसेल मेला मंसिर २८ गते पहिलाे दिन इटहरी, मंसिर ३० मा बिर्तामोड, पुष ३ मा जनकपुरको बाह्र बिघा मैदान र पुष ५ गते (शनिबार) वीरगंजको आदर्शनगर रंगशालामा आयोजना गरिनेछ ।
त्यसैगरी पुष ९ गते धनगढीको सुदुर पश्चिमाञ्चल एसपी चौकी मैदान तथा पुष १२ गते बुटवलको सिद्धेश्वरी स्कुल मैदान आयोजना हुनेछ ।
एनसेल मेला बिहान १० बजेबाट कन्सर्टसहित साँझ ७ बजे सम्म चल्नेछ । मेलामा आउने सबै उमेर समूहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राख्दै विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् ।
मेलामा प्रवेशका लागि शुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समुहहरुको सांगीतिक प्रस्तुती, बालबालिकाका मनोरञ्जनका विविध गतिविधि तथा गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, थिम गेमहरु र ओकुलस भर्चुअल जोन यो मेलाको केही आकर्षण रहेका कम्पनीले जनाएकाे छ।
मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाईँ, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुति दिनेछन् । वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुति रहनेछ ।
किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधिहरु हुनेछन् ।
युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहने बताइएकाे छ ।
मेलामा एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिँदै पुरस्कार जित्न सकिनेछ भने आवश्यक कागजातहरु बुझाएर फोरजी सिम खरिद गर्न तथा र पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।