काठमाण्डौको तापक्रम एकैदिन एक डिग्री सेल्सियस घटेपछि चिसो बढ्यो

 मंसिर १२, २०७६ बिहिबार ८:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाै उपत्यकामा हिजो (बुधबार) कोभन्दा बिहीबार झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ।

बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको बिहीबार बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौको योे तापक्रम यो वर्षकै कम हो ।

महाशाखाका अनुसार पश्चिमी वायुको असरले मौसम पूर्ण रुपमा नखुल्दा देशका धेरै ठाउँको न्यूनतम तापक्रम घटेको हो । पश्चिमी वायुको प्रभावले बिहीबार दिउँसो मध्य र पूर्वको पहाडीसहित पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाको पूर्वानुमान छ । 

बिहीबार पश्चिमी पहाडी क्षेत्रको केही ठाउँमा पानी पर्नुकासाथै हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मध्य र पूर्वी तराई क्षेत्रमा भने घाम लाग्नेछ ।’ अहिले चिसो बढाएको पश्चिमी वायुको प्रभाव शनिबारदेखि भने कम हुने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया