केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
धनुषा – राम जानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव मनाइँदै छ ।
त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापि रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव कार्यक्रम गर्न लागिएको हो ।
त्रेता युगमा सीतासँग विवाहका लागि जसरी भगवान रामको जन्ती आएको थियो, त्यसैको स्मरणमा प्रत्येक वर्ष अयोध्याबाट विवाह पञ्चमीको अवसरमा साधु सन्तसहितको सयौँको संख्या जन्ती आउने गर्छन् । विवाह पञ्चमी महोत्सवको साप्ताहिक कार्यक्रम अनुसार भारत अयोध्याबाट आएका जन्ती र राम मन्दिरका सन्तसमेतको उपस्थितिमा हिन्दू वैवाहिक विधिअनुसार तिलक चढाउने गरिन्छ ।
कार्यक्रममा भगवान श्रीरामको पिताको भूमिकामा राम मन्दिरका महन्थ बाबा रामगिरी र माता सीताको पिताको भूमिकामा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव रहनुहुनेछ ।
बिहीबार भारत अयोध्याबाट आएका जन्तीको स्वागतका लागि शुक्रबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आउने कार्यक्रम छ । ५ सयभन्दा बढीको संख्यामा आएका जन्तीलाई राष्ट्रपति भण्डारीले जनकपुरधाममा रहेको रंगभूमि मैदानमा स्वागत गर्ने कार्यक्रम छ ।
विवाह पंचमी महोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत पाँचौ दिन भोलि (शनिबार) मटकोर र छैटौँ दिन पर्सि (आइतबार) विवाह महोत्सव मनाइने छ । अन्तिम दिन आउँदो सोमबार रामकलेवासहित जन्तीको विदाइ गरी महोत्सव समापन गरिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।