टुँडिखेलमा २६२औं सेना दिवस (तस्वीरहरू)
फागुन १४, २०८१ बुधबार
हुम्ला – खार्पुनाथ गाउँपालिकामा शनिबार भएको उपचुनावमा ८० प्रतिशत मत खसेको छ ।
३ हजार ३ सय ८७ जना मतदाता रहेको गाउँपालिकामा उपाध्यक्ष पदको लागि २ हजार ८ सय ६६ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताउनु भयो ।
केही सामान्य वादविवाद बाहेक शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनु भयो । पाँच वटा मतदान केन्द्रमा उत्साहका साथ मतदान भएको स्थानीय पर्यवेक्षक नरजन तामाङले बताउनु भयो ।
गएको असार ३ गते उपाध्यक्ष सिन्धु हमाल शाहीको जीप दुर्घटनामा निधन भएपछि यो ठाउँ रिक्त रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।