भक्तपुर १ ‘क’ मा ७१ प्रतिशत मत खस्यो, मतगणना आजै

 मंसिर १४, २०७६ शनिबार १९:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुर क्षेत्र नम्बर १ प्रदेश (क) मा प्रदेश सभा सदस्य पदको उपचुनावको मतदान सम्पन्न भएको छ ।

जम्मा ४५ हजार १५ मतदाता रहेको यस क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला मतदाता गरी ३२ हजार ३७ मतदाताले मतदान गरेका छन् ।भक्तपुरमा ७१ दशमलव १७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । 

२०७४ मंसिर २१ गते भएको चुनावमा ७५ दशमलव १७ प्रतिशत मत खसेकोमा यसपटक उपचुनावमा भने ४ प्रतिशत कम मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

प्रदेश १ (क) मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा गरी १० वटा वडामा २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नै शान्तिपूर्ण रुपमा मतदान भएको जानकारी दिनुभयो । नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी१९ उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

मतदान सम्पन्न भएसँगै मतपेटिकाको मुचुल्का गरी मतपेटिका मतगणनास्थलमा पुर्‍याइएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्यतु प्राधिकरणमा आजैबाट मतगणना सुरु हुने प्रजिअ भट्टले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तिम्सिनाले मतगणनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । मतगणनास्थलमा मतपत्रको सुरक्षाका लागि तारजाली राखिएको बताउँदै उहाँले मतगणनास्थलमा सीसी क्यामेरा जडान गरिने र सुरक्षा व्यवस्था मजबुत पारिएको बताउनुभयो ।

सर्वदलीय बैठक आह्वान गरेको र नौ बजेसम्म बैठक बसेर आजै रातिबाट मतगणना गर्ने र भोलि साँझसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया