बडिगाड २ को अध्यक्षमा नेकपाका शेरचन विजयी

 मंसिर १४, २०७६ शनिबार २२:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – बडिगाड गाउँपालिका वडा नम्बर–२ को अध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी हुनु भएको छ ।

राष्ट्रिय जनमोर्चाको समर्थनसमेत प्राप्त गरेका शेरचन ७०४ मत प्राप्त गरी विजयी हनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गर्नु भएको छ ।

वडाध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टीका हरिलाल रानाले भने जम्मा ६ मत प्राप्त गर्नुभयो । १२ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

२०७४ मा निर्वाचित वडाध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उप–प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो । १ हजार ७ सय ४२ जना मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया