टुँडिखेलमा २६२औं सेना दिवस (तस्वीरहरू)
फागुन १४, २०८१ बुधबार
खोटाङ – खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाका उम्मेद्वार शिवकला राई विजयी हुनुभएको छ ।
शनिबार राति सम्पन्न मतगणना अनुसार कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई पछि पार्दै नेकपाका उम्मेदवार शिवकला वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ मत र शुक्रले ३७४ पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समाजवादीका रमेश राईले १५ मत र राप्रपाका इन्द्रबहादुर खड्काले १ मत मात्र पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एवं जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताउनुभयो ।१७ मत बदर भएको छ ।
तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि उपचुनाव गरिएको हो । वडाध्यक्षमा विजयी शिवकला उनै मणिकुमारका श्रीमती हुनुहुन्छ ।
खिदिमामा कुल मतदाता १ हजार ३०३ थिए । त्यसमध्ये ५०५ मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।