कांग्रेसले काेहलपुर ६ पनि गुमायाे, नेकपाका उम्मेदवार रामशरण थारु ६४ मतले विजयी

 मंसिर १४, २०७६ शनिबार २३:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेकपाका उम्मेदवार रामशरण थारु विजयी हुनुभएको छ ।

कुल दुई हजार २६ मतदाता ध्ये एक हजार ६३४ मत खसेकोमा थारु ८०० मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका श्रीकृष्ण थारुले ७३६ मत पाउनुभयो । राप्रपाका श्रीधर सुवेदीले ६१,नेमकिपाका दिपा लक्ष्मी हमालले १३ र समाजवादीका शुभाखर पोख्रेलले १० मत पाउनुभयो ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि शनिबार  काेहलपुर ६ मा उपचुनाव भएको हो । खसेको मतमध्ये १४ मत बदर भएको थियो ।

यसअघि पहिले जितेकाे सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका ८ मा पनि कांग्रेसका उम्मेदवार पराजित भएका छन् । अहिलेसम्म सार्वजनिक भएकाे मतपरिणामअनुसार कांग्रेसले बैतडीकाे सुनर्यामा मात्रै जित हात पारेकाे छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी हुनु भएको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया