दाङ प्रदेश सभामा नेकपा झण्डै २ हजार मतले अगाडि

 मंसिर १५, २०७६ आइतबार १५:६:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको प्रदेशसभा ३ (ख) को उपचुनावको मतगणना भइरहेको छ । पछिल्लो  मतपरिणामअनुसार नेकपा झण्डै २ हजार मतले अगाडि छ ।

नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री (वली) ले ६ हजार २८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनु भएका कांग्रेसका उम्मेदवार केशवराज शर्माले ४ हजार ३७ मत प्राप्त गर्नुभएको छ ।

जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो । जसमा ३० हजार १ सय २८ जना पुरुष र २५ हजार ५ सय ९० जना महिलाले मतदान गरेका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया