कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै - कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपचुनावकाे परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताउनुभएको छ ।
मंसिर १४ गते भएको उपचुनावकाे अन्तिम परिणामपछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपचुनावले गरेको बताउनुभयो ।
उहाँले कांग्रेसले उपचुनावमा परिणामलाई भन्दा निर्वाचनको प्रकृयालाई ध्यान दिँदा निस्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताउनुभयो । उहाँले सरकार चुनावलाई भयरहीत र निस्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्री मण्डलको पुर्नगठन गर्न केन्द्रित भएको आरोपसमेत लगाउनुभयो ।
यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भए पनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको बताउनु भयो । प्रवक्ता शर्माले उपचुनावकाे परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताउनुभयो ।
उहाँले मतदाताले दूरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिबद्ध रहेको समेत बताउनुभयो ।