इतिहास रच्याे तर अर्काे इतिहास रच्नबाट चुक्याे नेपाली महिला भलिबल टाेली !

 मंसिर १७, २०७६ मंगलबार १८:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला भलिबल टिम फाइनलमा भारतसँग ३-२ ले पराजित भएकाे छ ।

पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिम भारतसँग ३–२ ले पराजित भएसँगै सागमा पहिलाे पटक स्वर्ण जित्ने अवसर गुमाएकाे हाे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको प्रतिस्पर्धामा नेपालले भारतविरुद्ध चार सेटमा राम्रो खेलेपनि अन्तिम सेटमा खराब खेल्यो । यसअघि तीन संस्करणमा कास्य जितेको नेपाली महिला भलिबलले पहिलो सेट भने २५-१७ ले गुमाउन पुगेको थियो ।

सुरुको दुई वटा प्वाइन्ट जितेको नेपाल एक समय सात-सातको अवस्थामा थियो । तर त्यसपछि भारतले आफ्नो प्रभाव जमाउँदै १३-८ को अग्रता बनायो । समूह चरणमा पनि भारतसँग नै पराजित भएको नेपाल १६-११ पछिले परेको थियो ।

त्यसपछि भारतले आफ्नो बलियो प्रदर्शन कायमै राख्यो । जसका कारण भारत २३-१६ ले अगाडि रह्यो । अन्तत: भारत पहिलाे सेटमा २५–१७ ले विजयी भयो ।

दोस्रो सेटमा नेपालले भारतलाई निकै दबाब दिएको थियो । सुरुदेखि नै कडा प्रतिस्पर्धा भएको सेट एक समय १७-१७ को अवस्थामा थियो । तर त्यसपछि नेपालले २१-१७ को अग्रता बनाउन सफल भयो । त्यसपछि भने नेपालले आफ्नो प्रभाव जमाउँदै २५-२३ ले दाेस्राे सेट जित्यो ।

तेस्रो सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो । जसमा नेपालले आफ्नो लयलाई कायम राखेको थियो । जसमा नेपाल एक सय १६-१४ ले अगाडि थियो । त्यसपछि आफ्नो अग्रतालाई २१-१७ मा पुर्यायो । अन्ततः नेपालले २५-२१ ले तेस्रो सेट जित्यो ।

चौथो सेट पनि निकै प्रतिस्पर्धात्मक बन्यो । सुरुवातदेखि नै हेड टु हेडमा रहेकोमा नेपाल एक समय नौ-आठले अगाडि रहेको थियो । त्यसपछि नौ-नौको अवस्थामा रहेको खेल ११–११ को अवस्थामा पुगेको थियो । त्यसपछि भारतले दुई अंक जोड्दै १३–११ मा पुर्‍यायो । त्यसपछि फेरि नेपालले दुई अंक जोड्दै खेल १३–१३ को अवस्थामा पुर्‍यायाे ।

चौथो सेट झन प्रतिस्पर्धात्मक बन्दा खेल १७–१९ मा पुगेको थियो । जसमा नेपालले सर्भिस बिगारेको थियो । त्यसपछि भारतले सेटमा २३-१९ को अग्रता बनाएको थियो । अन्ततः भारतले २५-२० ले चाैथाे सेट जित्यो ।

पाँचौ सेटमा भारतले सुरुवातदेखि नै नेपालमाथि दबाब दियो । सुरुमै भारत पाँच-एककाे अग्रता बनायो । आफ्नो बलियो खेल अन्तिम सेटमा देखाएको भारतले ८–३ ले अग्रता बनायो । अन्तिम सेटमा नेपाल केही नर्भस देखिएकाे । जसको फाइदा भारतले उठायो । नेपालले सर्भिससमा धेरै गल्ती गरेको थियो । जसका कारण नेपालले अन्तिम सेट १५-६ स्कोरले गुमाउन पुग्याे ।

नेपालले रजत पदकमै चित्त बुझाउनु परे पनि महिला भलिबलमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पारेको हो । यसअघि सागमा नेपाली महिला भलिबल टोलीले कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न सकेको थिएन ।

नेपालले सेमिफाइनलमा श्रीलंकाली टिमलाई ३–०को सोझो सेटमा हराएको थियो ।

अहिलेसम्म भारतलाई नजितेको नेपालले एकै पटक भारतलाई हराएर स्वर्ण पदक जित्दै अर्को इतिहास रच्न भने चुकेकाे छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया