नेपाली महिला क्रिकेट टाेलीले पहिलाे पटक मलेसियासँग हार्याे
जेठ १५, २०८० सोमबार
दोलखा - दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ ।
घुस लिएको आरोप लागेपछि गृह मन्त्रालयले रिजाललाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा बोलाएको हो । रिजालले बिहानै दोलखा छाडिसक्नुभएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।
तत्कालका लागि दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठलाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको पनि प्रjक्ता शर्माले बताउनुभयो ।
मेलुङ गाउँपालिका–४ का कुमार लामाले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले आफूहरुबाट २१ हजार रुपैयाँ घुस प्रमुख जिल्ला अधिकारी रिजालले लिएको आरोप लगाएका थिए ।
मुद्दा छिन्नका लागि प्रमुख जिल्ला अधिकारीले घुस लिएको भन्दै पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरेका थिए । घुस लिएको सार्वजनिक भएपछि रिजालले घुस रकम भने फिर्ता गरिसकेका छन् । तत्कालका लागि जिम्मेवारीबाट हटाएर मन्त्रालय डाकिएको र आवश्यक छानबिन गरी कारबाही गरिने पनि प्रवक्ता शर्माले बताउनुभयो ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।