बेलायत आमचुनाव : कन्जर्भेटिभ पार्टीलाई बहुमत

 मंसिर २७, २०७६ शुक्रबार १२:१४:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बेलायतमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ । 

६ सय ५० सिटमध्ये ६ सय ४२ सिटको अन्तिम मतपरिणाम आउँदा ३ सय ५८ सिटमा कन्जर्भेटिभ पार्टी विजयी भएको छ । बेलायती संसदमा बहुमत ल्याउन ३ सय २६ सिट आवश्यक पर्छ । 

अहिलेसम्म लेबर पार्टीले २ सय ३ सिट जितेको छ । यस्तै एसएनपीले ४८ र लेबर डेमोक्र्याट्सले ११ सिट हात पारेको बीबीसीले जनाएको छ । 

लेबर पार्टीले यो आमचुनावमा पहिले जित्दै आएको ठाउँमा सिट संख्या गुमाएको छ । 

५ वर्षभन्दा कम समयको अवधिमा बेलायतमा यो तेस्रो चुनाव हो । सन् २०१५ र सन् २०१७ मा पनि बेलायतमा चुनाव भएको थियो । त्यस्तै गएको १ सय वर्षमा डिसेम्बर महिनामा भएको यो पहिलो आमचुनाव हो । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई नयाँ जनादेश प्राप्त भएको बताएका छन् । यो जनादेशबाट युरोपेली युनियनबाट बर्हिगमन हुने ‘ब्रेक्जिट डिल’ लागू गर्ने र बेलायतलाई एकजुट बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै लेबर पार्टीका नेता जेरेमी कोर्बिनले नतिजाप्रति अफशोच जनाउँदै भने, ‘यो लेबर पार्टीका लागि निकै नै निराशाजनक रात हो ।’

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया