धनुषामा बम विष्फोट : बाबुछोराको ज्यान गयो, ६ जना घाइते

 मंसिर २८, २०७६ शनिबार ७:२८:१४ | सुमन पुरी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा - धनुषाको छिरेश्वर नगरपालिका-५, महेन्द्रनगर बजारमा बम विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

शुक्रबार मध्यरातमा भएको विस्फाेटमा महेन्द्रनगरका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर खनालले जानकारी दिनुभयो ।

घर नजिकै राखिएको बम विस्फाेट हुँदा राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ । विष्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, प्रहरी जवान रिजन महतो र अरु दुई जना पनि घाइते भएको डीएसपी खनालले जानकारी दिनुभयो ।

दाहाल र महतोको जनकपुरमै उपचार भइरहेको छ । विष्फोटबाट राजेश्वरको घरमा सामान्य क्षति पुगेको छ । बेलुकै देखि बम राखिएको हल्ला चलेको र राति विस्फाेट भएको स्थानीय बासिन्दाले बताएका छन् । विस्फाेट प्रहरी चौकी नजिकै भएको हो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया