मुक्त हलियासँग मालपोत कार्यालयले घुस मागेको भन्दै उजुरी

 साउन ४, २०७५ शुक्रबार ५:५०:० | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा - डडेल्धुरामा मुक्त हलिया पुनस्र्थापनाका नाममा करोडौंको भ्रष्टाचार भएको खुलासा भएको छ । मुक्त हलियाका लागि जिल्ला मालपोत कार्यालय डडेल्धुरामार्फत आएको २३ करोडमध्ये ३ करोड ३८ लाख रुपैयाँ भ्रष्टाचार भएको तथ्य बाहिर आएको हो । 

डडेल्धुरा जिल्ला मालपोत कार्यालयको तथ्याङ्क अनुसार कुल १२ सय हलियाका लागि आएको रकममध्ये १२ हजारका दरले मालपोत कार्यालयले घुस मागेको भन्दै पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन । 

हलिया पुनस्थौपनाका लागि घर निर्माणका लागि आएको रकमबाट कमिसन खाने गरेपछि उजुरी परेको हो । घुस मागेको आरोपमा जिल्ला मालपोत कार्यालयका लेखापाल दिलबहादुर ऐर, कार्यालय सहायक मानबहादुर विक र मुक्त हलिया महासंघ डडेल्धुराका अध्यक्ष तुलाराम सार्की विरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको हो । 
हलियाका घुसकाण्डमा मुछिएका कर्मचारीहरुले आफूहरुबाट कमिसन खाएको पीडित मुक्त हलिया धनबहादुर टमटाको भनाई छ ।

मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयन भईरहेको मुक्त हलिया पुनस्र्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता प्रकरणको अनुसन्धान अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । 

मुक्त हलिया पुनस्र्थापना कार्यक्रमका लाभान्वित ब्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ती समाज महासंघ सम्वद्ध ब्यक्तिहरुका नाममा उजुरी पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भएको छ । 

उहाँले जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा घुस लिएकाहरुसँग स्पष्टीकरण माग गरी ठाडो बयान लिएर थप कारबाहीका लागि अख्तियारमा पठाइएको बताउनुभयो । मुक्त हलियाबाट बिभिन्न बहानामा २० हजारदेखि ५० हजार रुपैयाँ घुस लिइएको उजुरीमा उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया