चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई 'डिजिटल' तालिम
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - धनुषामा भएको बम विस्फोटमा परि ज्यान गुमाएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको शनिबार साँँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहाललाई बुबा प्रकाश शर्माले दागबत्ती दिनुभएको थियो ।
उहाँको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत प्रहरी अधिकारीले पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ कुचियाही टोलमा गएराति बम विष्फोटन हुँदा गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक दाहालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सङ्खुवासभामा जन्मिनुभएका दाहाल हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ कृष्णनगरमा बस्दै आउनुभएको थियो ।
विसं २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरी विसं २०६० असोज ९ गते प्रहरी नायब निरीक्षक तथा विसं २०७५ वैशाख १९ गते प्रहरी निरीक्षकमा पदोन्नति हुनुभएको थियो । स्व दाहालका बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
दाहाल गत साउन ८ गतेदेखि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।