घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउने १५ मध्ये १२ जनाकाे परिचय खुलेकाे छ ।
दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको हो ।
घुम्ती नै घुम्ती रहेको सडकमा बस पल्टिदा ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का सुकबहादुुर तामाङ्ग, जुुगल ६ का ७ वर्षकी सविना तामाङ्ग, जुगल ७ का रेशमा तामाङ्ग र १५ महिनाकी बालिका रोशनी तामाङ्ग, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षकी जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षकी मञ्जु तामाङ र ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का महेश तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ की ३५ वर्षीया कुलमाया तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखा गाउँपालिका ४ की ५५ वर्षीया गंगामाया लामा, काभ्रेको बेथानचोक गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री र भक्तपुर सूर्यविनायक नगरपालिका-८ का ३२ वर्षीय चिनु बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुुभयो ।
दुुर्घटनामा घाइते भएका १९ जनाकोे हेम्स, धुलिखेल, केएमसी र सिन्धु सदाबहारलगायतका अस्पतालहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दोलखाको कालिन्चोक दर्शन गरेर फर्केका उनीहरु शनिबार सिन्धुपाल्चोक मुढेमा बास बसेर बिहान भक्तपुरको सूूर्यविनायक फर्कँदै गर्दा ६ किलोमा दुर्घटना भएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुुभयो ।
गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।