कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका खाडीचौर – जिरी सडकखण्डको ६ किलोमा आइतबार बिहान भएको बस दुर्घटनामा १५ जनाको ज्यान गएको छ ।
बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका ६ र ७ को सिमानामा दुर्घटना भएको हो । मोड धेरै भएको यो सडकखण्डमा बस मोडिने क्रममा पल्टिएर तल अर्को मोडमा पुगेको प्रहरीले जनाएको छ ।
खाडीचौरलाई जिरो किलोमिटर मानिन्छ । खाडीचौरबाट ४ किलोमिटरसम्म स्वारा गाउँ रहेको छ । स्वारागाउँ कटेपछि डेढ किलोमिटर जंगल घुम्तीमा बस पल्टिएको हो । बस माथिल्लो मोड ६ किलोबाट खसेर तल्लो अर्को मोड साढे ५ किलोमिटरमा पुगेको सुनकोशी गाउँपालिका वडा ७ का अध्यक्ष ईश्वर तिमल्सिनाले उज्यालोलाई बताउनुभयो ।
सम्बन्धित समाचार
‘सडकको घुम्ती भिरको टापु जस्तै छ, सानो ढुङ्गा गुडे पनि तल नै आइपुग्छ’, अध्यक्ष तिमल्सिनाले भन्नुभयो, ‘जोखिम ठाउँमा बसको गति धेरै हुनाले दुर्घटना भएको सहजै अनुमान लगाउन सकिन्छ ।’ चालकलाई सडकको अवस्थिति नै जानकारी नभएको र अनुभव समेत कम भएकाले दुर्घटना लापर्वाहीकै कारण भएको तिमल्सिनाले बताउनुभयो ।
सडकमा जाली समेत नराख्नु सडक विभागको पनि कमजोरी भएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।