जनकपुरधाममा शंकास्पद वस्तु फेला पर्‍यो

 पुस ७, २०७६ सोमबार ८:५४:१४ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - जनकपुरमा शंकास्पद वस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ नेपाल राष्ट्र बैंक र  नेपाल पत्रकार महासंघ धनुषा शाखा  कार्यालयबाट १५० मिटरको दूरीमा  शुक्रबारी बजार शंकास्पद वस्तु फेला परेको हो ।

अहिले शंकास्पद वस्तु फेला परेको ठाउँमा घेरा हालेर सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ  । घटनास्थलमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।

शंकास्पद बस्तु फेला परेको क्षेत्रभन्दा केही अगाडि, संघीय प्रहरी एकाई जनकपुरधामको कार्यालय रहेको छ । शंकास्पद वस्तु फेला परेकोले बम डिस्पाेज गर्ने नेपाली सेनाकाे टाेलीलाई बाेलाइएकाे छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया