जेठाजुद्वारा खुकुरी प्रहार गरेर बुहारीको हत्या

 पुस ९, २०७६ बुधबार २०:३०:३८ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – धनुषाको मिथिला नगरपालिका-३, बडहरीमा एक जनाले खुकुरी प्रहार गरेर भाइ-बुहारीकाे हत्या गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका भाइ मिश्रि  पञ्जियारकी श्रीमती २८ वर्षीया रानीदेवी पञ्जियारलाई जेठाजु श्रीप्रसाद पञ्जियारले बुधबार खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।  

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीको उपचारको क्रममा जनकपुरधामकाे प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख रामकुमार यादवले बताउनु भएको छ ।

घरेलु विवादका कारण श्रीप्रसादले रानीको टाउको पछाडि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको टाउकोमा ३ वटा घाउ देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

प्रमुख रामकुमार यादवले जनाए अनुसार मृत्युअघि जेठाजुले घरायसी विवाद हुँदा पछाडिबाट खुकुरी प्रहार गरेको रानीले बयान दिएकी थिइन् । प्रहरीका अनुसार घटनापछि फरार भएका पञ्जियारको खोजतलास जारी रहेको छ । प्रहरीले घटनास्थलबाट खुकुरी फेला पारेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया