भारतकाे बनारस हिन्दू विश्वविद्यालयमा 'भूत विद्या'काे पढाइ !

 पुष ११, २०७६ शुक्रबार ६:५९:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) फेरि एक पटक चर्चामा छ । फिरोज खानको विषयपछि अहिले यो विश्वविद्यालयको एउटा विभाग सामाजिक सञ्जालमा चर्चित भइरहेको छ । 

बनारस हिन्दू विश्वविद्यायलमा एउटा नयाँ प्रमाणपत्रको कोर्स सुरु हुने भएको छ । जसमा डाक्टरहरुले ‘ममाथि भूत’ को असर छ र ‘म भूतलाई देख्न सक्छु’ भन्ने मानिसको उपचार कसरी गर्ने भनेर सिकाउनेछन् । 

६ महिनाको यो कोर्स नयाँ वर्ष सन् २०२० को जनवरी महिनाबाट सुरु हुनेछ । 

अधिकारीहरुका अनुसार यो कोर्समा साइकोसोमैटिक डिस्अर्डरको बारेमा पढाइनेछ र जसलाई असामान्य घटनासँग जोडेर देखाइनेछ । 

यो कोर्सलाई आयुर्वेद विभागले सुरु गर्न लागेको हो । बीएचयूका एक जना अधिकारीले समाचार संस्था आईएएनएलाई भने, ‘विश्वविद्यालयमा एक नयाँ इकाइको स्थापना गरिएको छ ।’

आयुर्वेद संकायका संकाय अध्यक्ष (डिन) भूषण त्रिपाठीले भूत विद्या मुख्यरुपमा साइकोसोमैटिक डिस्अर्डरको बारेमा पढाइनेछ । जुन अज्ञात कारण हुने बिमारी र मन अथवा मानसिक स्थितिको रोगसँग सम्बन्धित छ । 

उनका अनुसार भूत विद्यामा कोर्स सुरु गर्ने यो भारतकै पहिलो विश्वविद्यालय हो । जसमा डाक्टरहरुले आयुर्वेद माध्यमबाट भूतसँग जोडिएका चीजको बारेमा पढाउनेछन् । 

आयुर्वेद उपचारमा सामान्यतया जडीबुटी, खानपानमा परिवर्तन, मसाज, श्वास लिने र छोड्ने तथा व्यायामको माध्यमबाट उपचार गरिनेछ । 

सन् २०१६ मा नेशनल इन्स्टिच्युट अफ् मेन्टल हेल्थ एण्ड न्यूरोसाइन्सले गरेको अध्ययनका अनुसार झण्डै १४ प्रतिशत भारतीय मानिसक रुपमा बिरामी छन् । 

सन् २०१७ मा विश्व स्वास्थ्य संगठनको एक अनुमानका अनुसार झण्डै २० प्रतिशत भारतीयले आफ्नो जीवनमा कहिले न कहिले उदासपनाको सामना गर्छन् । तर भारतमा चार हजारभन्दा कम मानसिक स्वास्थ्य विशेषज्ञ छन् । यो साँचो हो कि भारतमा मानसिक बिरामीलाई लिएर आवश्यक जागरुकताको कमी छ । 

जागरुकताको कमी र सामाजिक दबाबका कारण निकै कम मानिस मानसिक रोगको उपचारको लागि डाक्टर अथवा विशेषज्ञ चिकित्सकोमा जाने गर्दछन् । धेरैजसो तान्त्रिकोमा जाने गर्दछन् । विशेषगरी ग्रामीण इलाकाका मानिस तान्त्रिकमा विश्वास गर्छन् । 

अब भूत विद्याको पढाइ नै हुने भएपछि सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ । केहीले यसलाई नाममा नै विवाद रहेको र केहीले राम्रो विकल्प हुनसक्ने बताएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया