प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै – बुधबार धेरै युवायुवतीले ढाका टोपी लगाएका छन् । युवा मात्र होइन, कतिपय युवतीसमेत ढाका टोपी लगाएर रमाइरहेका छन् । राष्ट्रिय नेपाली टोपी दिवस मनाउने क्रममा युवायुवती ढाका टोपीमा रमाएका हुन् ।
काठमाण्डौसहित देशका ठाउँठाउँमा ढाका टोपीको प्रदर्शन पनि भएको छ । नेपाली पहिचान मेटिएको भन्दै केही युवाहरुको सक्रियतामा हरेक वर्ष जनवरी १ मा टोपी दिवस मनाइने गरिएको छ । नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
नेपाली ढाका टोपीको आफ्नै शान र मान छ । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनोे ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।
तर नेपालका विभिन्न समुदायले आआफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । यही टाेपी दिवसकाे अवसरमा काठमाण्डाैकाे माईतीघरमा धेरै नेपाली सहभागी भएर शिरमा ढाका टाेपी ढल्काउँदै रमाए ।
(तस्बिर : विकास तामाङ)