पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
दोलखा – 'नेपाल भ्रमण वर्ष २०२०' को अवसर पार्दै दोलखाको सदरमुकाम चरिकोटमा बिहीबारबाट दोलखा किवी महोत्सव सुरु भएको छ ।
जिल्ला समन्वय समितिसँगको समन्वयमा दोलखाको नाै वटा पालिकाले आयोजना गरेको महोत्सव ७ दिनसम्म चल्नेछ । प्रदेश नम्बर ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री धावा दोर्जे लामाले महोत्सवको उद्घाटन गर्नुभएको हो ।
दोलखाको समृद्धिका लागि प्रदेश सरकार चिन्तित रहेको उहाँले बताउनुभयो । लामाले मुख्यमन्त्री डोरमणि पौडेलसँग जनताको माग तथा आवश्यकताको विषयमा छलफल गर्ने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच समितिसँगको समन्वयमा भीमेश्वर नगरपालिकाले किवी खेतीमा संलग्न किसानसँगै चार जनालाई सम्मान गरेको छ । पालिकाले नेपालमा नै पहिलो पटक किवी खेती गर्ने व्यवसायी श्याम खड्का, बागबानी फार्म बोचेका पूर्व कार्यालय प्रमुख तथा किवी विज्ञ चन्द्रमान श्रेष्ठलाई सम्मान गरेको हो ।
यस्तै विश्व साइकल यात्री पुष्कर शाह र १३ औँ एसियाली खेलकुद (साग) मा तेक्वान्दो खेलमा कांस्य पदक विजेता भीमेश्वर ७ का ज्ञानेन्द्र हमाल सम्मानित हुनुभएको छ । उहाँहरुलाई सम्मानस्वरुप जनही २० हजार रुपैयाँ प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाको नाै वटै पालिकालाई सम्मान गरेको छ । समुदाय प्रहरी साझेदारी अवधारणा कार्यान्वयनमा सहयोग गरेको भन्दै जिल्लाका नाै ९ वटै पालिकालाई सम्मान गरिएकाे हाे ।
कार्यालयले 'आवाज नेपाल' दोलखाकी अध्यक्ष सिर्जना कार्की र 'माइती मञ्च' दोलखाकी अध्यक्ष पार्वती खड्कालाई पनि सम्मान गरेको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको किवी महोत्सवमा जिल्लाका व्यवसायीले किवी फल र यसबाट बन्ने विभिन्न परिकारलाई प्रर्दशनीमा राखेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।