बाजुरामा जीप दुघर्टना, ४ जनाको ज्यान गयाे

 पुस १७, २०७६ बिहिबार १४:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा - बाजुराको हिमाली गाउँपालिका-७ मा जीप दुघर्टना हुँदा ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

हिमाली गाउँपालिका-६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से १ ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा १ जना हराइरहेका बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंंह भाटले उज्यालोलाई जानकारी दिनुभयो ।

हराएका १ जनाको खोजी भैरहेको र घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको पनि प्रहरी नायब उपरीक्षक भाटले बताउनुभो ।  

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया